सिटिजन जीवन सारथी योजना

हामीलाई थाहा छ प्रत्येक व्यक्तिको नियमित आम्दानी गर्न सक्ने एउटा निश्चित उमेर हुन्छ । सो उमेर पश्चात सामान्यतया जीवन जिउन अरुको सहारा लिनुपर्दछ जुन आफूले सोचेजस्तो सार्थक नहुन पनि सक्छ । तसर्थ नियमित आम्दानी गर्ने उमेर पछि आर्थिक सुरक्षाको प्रत्याभुति भई सार्थक जीवन जिउन सिटिजन लाइफले प्रस्तुत गरेको छ सिटिजन जीवन सारथी बीमा योजना । जीवन बीमा इतिहासमा नेपालमै पहिलो पटक बीमाङ्क रकमको दुई गुणाको साथै बोनस रकम त्यो पनि आफ्नै पालामा भन्ने नारालाई सार्थक तुल्याउन यस कम्पनीले प्रचलनमा ल्याएको सिटिजन जीवन सारथी बीमा योजनाले बीमा अवधिभर बीमितको जोखिम बहन गर्नुका साथै बीमितको वित्तीय आवश्यकताहरु पूरा गर्नका लागि बीमा अवधिभित्र बीमा परिपक्क (Maturity) मितिमा बीमाङ्क रकम तथा नियमानुसार बोनस रकम तथा बीमा परिपक्क मिति पछि निश्चित समयको अन्तरालमा निश्चित किस्ताबन्दीमा थप बीमाङ्क रकम बीमितलाई भुक्तानी गर्दछ

बीमा योजनाका विशेषताहरु:
न्यूनतम प्रवेश उमेर ………………………………………………………: १६ वर्ष
अधिकतम प्रवेश उमेर …………………………………………………..: ६० वर्ष
अधिकतम बीमाशुल्क भुक्तानी उमेर ………………………………….: ६५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर ………………………………………….: ९० वर्ष
बीमा अवधि…………………………………………………………………: ३० वर्ष देखि ७४ वर्ष
बीमाशुल्क भुक्तानी अवधि ………………………………………………: ५ वर्ष देखि ४९ वर्ष
न्यूनतम बीमाङ्क रकम……………………………………………………..: रु. ५०,०००/– (पचास हजार)
अधिकतम बीमाङ्क रकम………………………………………………….: बीमितको आयको आधारमा कम्पनीको जोखिमाङ्कन नीति अनुसार
बीमाशुल्क भुक्तानी तरिका……………………………………………….: एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक
बीमालेख परिपक्व ………………………………………………………….: बीमाशुल्क भुक्तानी अवधि समाप्ती पश्चात

बीमा रक्षावरण उमेर:
(क) दुर्घटनाबाट मृत्यु एवं स्थायी पूर्ण अशक्तता बीमा रक्षावरण ७० वर्ष सम्म
(ख) अन्य कुनै कारणबाट मृत्यु बीमा रक्षावरण ९० वर्ष सम्म

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्क थप/छुट प्रदान गरिनेछ:

  • बार्षिक बीमाशुल्क भुक्तानी गर्दा                              : २ प्रतिशत छुट
  • अर्ध–बार्षिक बीमाशुल्क भुक्तानी गर्दा                       : १ प्रतिशत छुट
  • त्रैमासिक बीमाशुल्क भुक्तानी गर्दा                           : कुनै थप/ छुट छैन
  • एकल बीमाशुल्क भुक्तानी गर्दा                                : कुनै थप/ छुट छैन

बीमाङ्क रकम भुक्तानी दिइने अवस्था:

(क) जीवित लाभः

१. बीमालेख परिपक्व (Maturity) मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी गरिनेछ ।

२. बीमालेख परिपक्व (Maturity) पछि बीमितको उमेर ७० वर्ष पुरा भएको बीमालेखको वार्षिकोत्सव तथा त्यसपछि हरेक ५/५ वर्षमा बीमितको उमेर ९० वर्ष पुगुन्जेलसम्म देहाय बमोजिम निरन्तर रकम भुक्तानी गरिनेछ:

  • बीमितको उमेर ७० वर्ष पुरा भएको बीमालेखको वार्षिकोत्सव     : बीमाङ्कको २० प्रतिशत रकम
  • बीमितको उमेर ७५ वर्ष पुरा भएको बीमालेखको वार्षिकोत्सव     : बीमाङ्कको २० प्रतिशत रकम
  • बीमितको उमेर ८० वर्ष पुरा भएको बीमालेखको वार्षिकोत्सव      : बीमाङ्कको २० प्रतिशत रकम
  • बीमितको उमेर ८५ वर्ष पुरा भएको बीमालेखको वार्षिकोत्सव      : बीमाङ्कको २० प्रतिशत रकम
  • बीमितको उमेर ९० वर्ष पुरा भएको बीमालेखको वार्षिकोत्सव      : बीमाङ्कको २० प्रतिशत रकम

(ख) मृत्यु लाभ:

१. बीमालेख परिपक्व मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम र नियमानुसार बोनस बीमितले इच्छाएको व्यक्ति वा निजको हकवालालाई भुक्तानी गरिनेछ ।

२. बीमालेख परिपक्व भई बीमाङ्क र बोनस रकम भुक्तानी पश्चात् बीमितको उमेर ७० वर्ष पुग्नु अघि मृत्यु भएमा बीमालेखको बीमाङ्क रकमका साथै दुर्घटनाबाट मृत्यु भएमा सोको बीमाङ्क रकम समेत बीमितले इच्छाएको व्यक्ति वा निजको हकवालालाई भुक्तानी गरिनेछ ।

३. बीमितको उमेर ७० वर्ष पुगे पश्चात बीमितको मृत्यु भएमा बीमाङ्क रकमबाट ७० वर्ष पश्चात जीवित लाभ अन्तर्गत माथि (क) (२) बमाोजिम भुक्तानी भएको रकम कट्टा गरी बांकी रकम बीमितले इच्छाएको व्यक्ति वा निजको हकवालालाई भुक्तानी गरिनेछ ।

ऐच्छिक सुविधाहरु:

यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरी देहाय बमोजिमका ऐच्छिक सुविधाहरु पनि लिन सकिन्छ:

  • दुर्घटना मृत्यु लाभ  –बीमित ७० बर्ष नपुगुन्जेल सम्म
  • स्थायी पूर्ण अशक्तता लाभ  –बीमित ७० बर्ष नपुगुन्जेल सम्म
  • बीमाशुल्क छुट लाभ
  • घातक रोग सुरक्षा सुविधा

अतिरिक्त सुविधा तथा लाभहरु:

(क) दुई वर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमालेख कर्जा लिन सकिनेछ, तर एकल बीमाशुल्क भुक्तानीको हकमा बीमा प्रारम्भ भएको  मितिले ३१ दिन पश्चात् बीमालेख कर्जा लिन सकिने ।
(ख) दुई वर्षको बीमाशुल्क भुक्तानी पश्चात स्वतः बीमाशुल्क ऋण सुविधा छनौट गरेको अवस्थामा कथमकदाचित बीमाशुल्क भुक्तानी नभएपनि निश्चित अवधिसम्म जोखिम बहन भईरहने ।
(ग) बीमितको उमेर ७० वर्ष पुगे पश्चात बीमाङ्क रकम भुक्तानी दिइने अवस्थाको खण्ड (क) (२) बमाोजिम भुक्तानी हुने रकमबाट समेत कर्जा लिन सकिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *