बिपत व्यवस्थापनमा गैरजिम्मेवार राज्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल एक प्राकृतिक रुपमा सुन्दर र राष्ट्रिय श्रोतले भरिपूर्ण देश भएता पनि बर्खायामको बेला पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानका कारण बर्सेनि सरदर दुई सय भन्दा बढीको मृत्यु संगै दुइ अर्ब भन्दा बढी रुपैयाको धनमाल क्षति भएको देखिन्छ ।

विश्वभरी फैलिएको कोभिड –१९ कोरोनाले गर्दा हाम्रो देश थिलाथिला भएको अवस्थामा फेरि अर्को बर्खे महामारी सुरुहुन थालिसकेको छ । सामान्यतया असार देखी भदौ सम्मका यी तीन महिना मनसुन अवधिका रुपमा लिने गर्दछन । यो अबधि भित्र बेलैमा ध्यान दिएन भने ठुलो ज्युधनको क्षति हुने देखिन्छ ।

यस्तो प्रकोप बाट उत्पन्न हुने बाढी , पहिरो , डुबान लगायत प्राकृतिक प्रकोप बिरुद्ध रोकथाम तथा नियन्त्रणका लागी संघ , प्रदेश र स्थानीय निकायले बर्षौ पिछे महान योजनाहरु सुन्दर अक्षरले कापिमा लेखेर कागजी योजना बनाएता पनि प्रभावकारी कार्यनयन भने हुन सकेको छैन । यसपटक बेलैमा बाढी , पहिरो र डुबानका जोखिम क्षेत्रको पहिचान गरि बेलैमा ज्युधनको सुरक्षा प्रदान गर्न सम्बन्धित निकाय लाई हार्दिक अनुरोध गर्दछु ।

गत वर्षमात्र यस्ता प्रकोप बाट सिन्धुपाल्चोक जिल्लामा ७२ जनाले ज्यान गुमाउनु पा¥यो भने कालिकोटमा ४३ जनाले अकालमै ज्यान गुमाउनु परेको थियो । वि.स. २०७२ को वैशाखमा गएको भुकम्पले चिराचिरा पारेको जमिन बर्खा समयमा पहिरो आउला भनेर डरैडरको जिबन बिताउनु परेको छ भनेर त्यहाका बासिन्दाले पटकपटक सम्बन्धित निकायमा खबर दिदा पनि सम्बन्धित निकायले चासो नदेखाएकै कारण गतवर्ष सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिकामा र बार्हवीसे नगरपालिकामा ठुलो क्षति व्यहोर्नु परेको थियो ।

प्राकृतिक प्रकोप बिरुद्ध संघीय सरकार , प्रदेश सरकार र स्थानिय सरकारले बेलैमा रोकथाम तथा नियन्त्रणको लागी कुनै पनि चासो दिएको देखिदैन । बर्सेनि यस्ता घटना हुन्छन् भनेर नागरिकले पटकपटक आवाज उठाउदानि सरकार कुम्भकर्ण्जस्तो निदाएको देखिन्छ ।

चट्याङ , पहिरो , आगलागी , बाढी , डुबान , हवाई दुर्घटना र अन्य प्रकोप बाट भएको क्षति राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र विपतका घटना बाट भएको क्षतिको अद्यावधिक विवरण हेर्दा वि.स. २०७० साल साउन १ गते देखी आजका दिनसम्म मृत्यु हुनेहरुको संख्या १३०४४ पुगिसकेको छ भने ९५६ जना बेपत्ता भएको देखिन्छ । बाढी , पहिरो र डुबान बाट मात्रै बर्सेनि दुई सय भन्दा बढीको ज्यान जाने गरेको देखिन्छ ।

यसरी अकालमै ज्यान गुमाउनुको मुख्य दोष सम्बन्धित निकाय हुन जान्छ । समयमै ध्यान दिन नसक्दा प्राकृतिक विनाश संगसंगै मानवीय क्षति हुदै आएको छ। बिकास के हो ? बिकास कस्तो हुनुपर्छ ? बिकास कसरी गर्नुपर्छ ? यो बिकास कसका लागी हो ? बिकासको सबैभन्दा राम्रो मोडल कुन हुन सक्छ ? भनी जमिनको संरचना र मानवीय आवश्यकता अनुसार कस्तो आवश्यक छ त्यता अध्ययन नै नगरी बाटोको पहुच पुर्याउने नाममा बैज्ञानिक परिक्षण र निरीक्षण नै नगरी बिना मापदण्ड र बिना इन्जिनियर जताततै बाटो खन्ने , बन विनाश गर्ने ,खेतीयोग्य जमिन लाई प्लटिङ गर्ने जस्ता प्राकृतिक दोहन गर्ने कामले गर्दा बढी क्षति भएको देखिन्छ । यो प्राकृतिक प्रकोपका कारण मात्र नभएर मानवीय कारणले बढी हुने देखिन्छ । मानिस र प्राकृतिमा सुमधुर सम्बन्ध हुन नसक्दा प्राकृतिक विनाश संगसंगै मानवीय क्षति भएको देखिन्छ ।

जनताको मुहान भनेकै स्थानीय तहको वडा हो । नेपाल प्राकृतिक प्रकोपका रुपमा उच्च जोखिममा रहेको हुदा यस्ता जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले बेलैमा सम्बन्धित निकायमा खबर गरौं र आवश्यक बिसयमा जानकारी दिउ । त्यस्ता जोखिममा बसोबास गर्ने नागरिक लाई बेलैमा स्थानान्तरण गराई ज्युधनको सुरक्षा गरौं । प्राकृतिक प्रकोपका हिसाबले ७७ वटै जिल्ला जोखिममा छन । फरक यतिमात्र हो कतै बढी त कतै कम ।

प्रत्येक वर्ष बाढी , पहिरो र डुबान बाट हुने क्षति यो बर्ष नहुनका लागी राज्यको तर्फबाट प्रभावकारी काम बेलैमा गर्न छ भन्ने हामी लाई आसा छ । कोभिड –१९ कोरोना महामारी र बर्खेयमको महामारी बाट हामी सबै नागरिक आआफ्नो ठाउबाट एकजुट भएर बिपत्तिका सामना गर्न हामी सबैको दाहित्व र कर्तव्य रहेको छ । बेलैमा जानकारीको लागी हाम्रो अध्ययन प्रतिष्ठानको टिमले यता जागरण कार्यक्रम गर्दै आएको छ । अबको ३ महिना हामी सबै अल्छी नगरी यी महामारी बाट बच्न अनुरोध गर्दछौं । संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले यस्ता जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकको ज्युधनको बेलैमा सुरक्षा गर्नेछ भन्ने आशा लिएका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *