लुम्बिनीमा कांग्रेसका पाण्डे राष्ट्रिय सभा सदस्य निर्वाचित

लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए। 

कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।

२११ मतमध्ये  पाण्डेले ११८ मत पाए भने एमालेका उम्मेदवार  खड्काले ९३ मत ल्याए।   प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो।  पाण्डेले ४२ मत पाएका थिए भने खड्काले  ४० मत ल्याएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *