एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने

काठमाडौं, १७ जेठ । यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो । मन्त्रिरिषद्बाट प्रस्ताव पारित गरेपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय हुनेछ ।

मन्त्रालयको आजको बैठकले गत वर्षकै आन्तरिक मुल्यांकन विधि अनुरुप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो अवधिको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्मका सबै विषयको मुल्यांकन बाट नतिजा तयार गरिएको थियो ।

गत वर्ष पनि मन्त्रिपरिषदको बैठकले एसईईको परीक्षा नगर्ने निर्णय गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद बैठकमा एसईई परीक्षाको विकल्पका रुपमा आन्तरिक मूल्यांकन प्रस्ताव गरेपछि मन्त्रिपरिषदले पारित गरेको थियो ।कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष पनि एसईई परीक्षा हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *