समाचार

पहुँचका आधारमा विद्यार्थी भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ, भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन निजि विद्यालयलाई मन्त्री श्रेष्ठको आग्रह

पहुँचका आधारमा विद्यार्थी भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ, भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन निजि विद्यालयलाई मन्त्री श्रेष्ठको आग्रह

राजनीति, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बुधबार साँझ भर्ना प्रक्रिया पारदर्शी-विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानिलकण्ठ विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभएको छ । नयाँ शैक्षिक सत्रका लागि सोही विद्यालयले भर्ना आह्वान गरेका बेला प्रधानाध्यापकहरुलाई मन्त्रालयमा नै बोलाएर मन्त्री श्रेष्ठले भनसुन- पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो । छलफलमा ३ वटै विद्यालयका प्रधानाध्यापकहरुले भर्ना छनोट प्रक्रियाको बारेमा जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दवाव आएको गुनासो गरेका थिए। मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त मात्रमा समन्वय गर्न आग्रह गर्नुभएको छ । ‘पहुँचको आधारमा दवाव ...
लोडसेडिङ हुने हल्ला सत्य होइन: ऊर्जामन्त्री बस्नेत

लोडसेडिङ हुने हल्ला सत्य होइन: ऊर्जामन्त्री बस्नेत

ब्यापार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सत्य नभएको दावी गर्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बुधबार बोल्दै उहाँले संचार माध्यममा समाचारहरु आए अनुसारको समस्या नभएको दावी गर्नुभएको हो । केही दिनदेखि भारतबाट विद्युत खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको उहाँले बताउनुभयो । विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उहाँले उल्लेख गर्नुभएको छ । ऊर्जामन्त्री बस्नेतले बाहिर आए जस्तो भारतले विद्युत आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताउनुभयो । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने उहाँको दावी छ । ऊर्जामन्त...
मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

प्रदेश, समाचार
काठमाडौं । मुगुको सोरु गाउँपालिका-६ को सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप बुधबार साँझ कच्यागाउँ नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ४ जना घाइते भएका हुन् । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सोही जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी १ सय मिटर भन्दा बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएकको हो । मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी प्रहरीले बताएको हो । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली रहेको प्रहरीले बताएको छ । घाइते मन्जनेको अवस्था चिन्ताजनक रहेको प्रहरी कार्यालय मुगुले जनाएको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि मुगु जिल्ला अस्पतालमा लगेको प...
राष्ट्रिय सभाको गरिमालाई उच्चो बनाउँछु: अध्यक्ष दाहाल

राष्ट्रिय सभाको गरिमालाई उच्चो बनाउँछु: अध्यक्ष दाहाल

राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको गरिमालाई उच्चो बनाउने गरी काम गर्ने बताउनुभएको छ । चितवनको कुरिनटारमा नेकपा माओवादी केन्द्रले गरेको बधाई तथा सम्मान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले तपाईहरुकै कारण आज आफू राष्ट्रियसभा अध्यक्ष भएको छुँ, तपाईहरुले गरेको विश्वासलाई आत्मसात गरेर पदीय दायित्व र मर्यादालाई ध्यानमा राख्दै राष्ट्रिय सभाको गरिमालाई उच्चो पार्ने गरी काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । अध्यक्ष दाहालले इच्छाकामनाको भूगोलप्रति आफू परिचित रहेको र यहाँको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । २०६४ सालमा इच्छाकामनाका माथिल्लो भेगमा मोटरबाटो नभएकामा आफू निर्वाचित भइसकेपछि सडक निर्माण लगायतका विकासका कामको सुरुवात गरेको बताउनुभयो । ...
सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता भएको प्रमाण देखिएन: महानिरीक्षक कुँवर

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता भएको प्रमाण देखिएन: महानिरीक्षक कुँवर

राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको उहाँले बताउनुभएको छ । गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको उहाँले बताउनुभयो । महानिरीक्षक कुँवरले जीवि राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताउनुभएको छ । राई मलेसियामा भएपनि नेपाल र मलेसियाकाबीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको उहाँले बताउनुभयो । महानिरीक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा नेपाली कांग्रेसका ...
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री लामिछाने

सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री लामिछाने

राजनीति, समाचार
काठमाडौं । उपप्राधन एवं गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्टिकरण दिनुभएको छ । रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उहाँले सहकारीमा आफ्नो नाम जोडिएको बताउनुभएको हो । तर जसलाई पुष्टि गर्ने कुनै पनि तथ्य नरहेको उहाँको भनाइ छ । अनुसन्धानमा आफूले कुनै किसिमको प्रभाव नपार्ने पनि उहाँले स्पष्ट पार्नुभयो । बैठकमा नेपाली कांग्रेस सांसदहरूले सहकारीमा गृहमन्त्री लामिछानेको नाम आएकाले अनुसन्धान हुने बेलासम्म पदबाट हट्नु पर्ने बताएका थिए । त्यसपछि जवाफमा उहाँले कांग्रेस सरकारमा हुँदा नै उजुरी आएको र तथ्य नभेटिएको स्पष्ट भएकाले अनुसन्धानमा आफ्नो प्रभाव नपर्ने बताउनुभएको छ । सहकारीका विषय आफ्नो नाम आएको भन्ने आफूले सुनेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले त्यसमा नाम बाहेक अरु केही नरहेको दावी गर्नुभयो । ...
२३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

२३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

ब्यापार, समाचार
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले बुधबार विभिन्न २३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना सार्वजनिक गर्दै कम्पनीहरुलाई एकदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको जानकारी गराएको हो । ठेक्का लिएर समयमा काम नगरेको भन्दै श्री आई.एस. कन्स्ट्रक्सन प्रालि दिपायल, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाडौं, श्री धिताल बिल्डर्स र नौबस्ता–०८ बाँकेलगायत कम्पनीलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ । कालोसूचीमा राखिएका कम्पनी तथा आपूर्तिकर्ताले कालोसूचीको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको हो । २३ निर्माण कम्पनी कालोसूचीमा: ...
महाकाली नदीमा निर्माणाधीन ४ लेनको पुलको काम ५ महिनापछि पुनः सञ्चालन

महाकाली नदीमा निर्माणाधीन ४ लेनको पुलको काम ५ महिनापछि पुनः सञ्चालन

प्रदेश, ब्यापार, समाचार
काठमाडौं । महाकाली नदीमा निर्माणाधीन ४ लेनको पुलको काम ५ महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम ६ महिनाभित्र सक्ने गरी सुरु गरेको हो । २०७४ सालमा निर्माण सुरु भएको ४ लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर ६ लेनको सडक निर्माणको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत ८ करोड ५० लाख रकम भर्खरै कम्पनीलाई प्राप्त भएको जानकारी दिनुभयो । इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्याउने प्रक्रियामा रहेको बताउनुभएको हो । पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ १ वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्गकिलोमिटरका द्द वटा पोखरी निर्माण भएको क...
विद्यालय छनोटमा ढिलाइ भएका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

विद्यालय छनोटमा ढिलाइ भएका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय छनोटमा ढिलाइ भएको भन्दै यस वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले सोही कार्यक्रम स्थगन गरी जसको बारेमा अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गर्नुभएको हो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि १ अर्ब रुपैयाँ विनियोजन भएको थियो । सोही कार्यक्रम अन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएको भन्दै कार्यक्रम स्थगित गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा बजेट विनियोजन भए पनि गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको थियो । विगतका कार्यक्रमको प्रभावकारिताको विश्लेषण, स्थानीय तहसँगको छलफलमा उठेका विषयको सम्बोधन, चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्याल...
श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

राजनीति, समाचार
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अध्यागमन विभागमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न समत उहाँले आग्रह गर्नुभएको छ । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी मंगलबारदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि उहाँले आग्रह गर्नुभएको हो। अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि उहाँले विश्वास दिलाउनुभयो । केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उहाँले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्यागमनल...