कोरोना बिशेष

बीमा भनेको के हो ?

बीमा भनेको के हो ?

इन्स्योरेन्स, कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् ।बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बी...
लुम्बिनीमा कांग्रेसका पाण्डे राष्ट्रिय सभा सदस्य निर्वाचित

लुम्बिनीमा कांग्रेसका पाण्डे राष्ट्रिय सभा सदस्य निर्वाचित

कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए।  कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये  पाण्डेले ११८ मत पाए भने एमालेका उम्मेदवार  खड्काले ९३ मत ल्याए।   प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो।  पाण्डेले ४२ मत पाएका थिए भने खड्काले  ४० मत ल्याएका थिए।  ...
निषेधाज्ञाले मल गोदाममा, अभावले कृषक पीरलोमा

निषेधाज्ञाले मल गोदाममा, अभावले कृषक पीरलोमा

कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
मकवानपुरको मवानपुरगढी–६का कृष्णप्रसाद ढुंगानाको खेतमा रोपिएको चैते धानमा मल हाल्न बितिसक्यो । तर, निषेधाज्ञाका कारण उनी हेटौंडा बजारमा मल लिन जान पाएका छैनन् ।  ‘यहाँबाट बस, अटो गाडी केही चलेको छैन, आफ्नो सवारी पनि छैन,’ उनी भन्छन्, ‘हिँडेर गएर मल ल्याउन सकिन्न, यसपालि चैते धानले मल नभेट्ने भयो ।’ मल हाल्न नपाएपछि धानको उत्पादन घट्ने मात्रै हैन, बोट समेत नसप्रिएर पराल पनि गतिलो नहुने उनको चिन्ता छ । स्थानीय सहकारीमा मल नभएपछि उनीहरुलाई हेटौंडा नगई सुख छैन । तर, हेटौंडा पुगेर मल ल्याउन सम्भव हुने अवस्था पनि छैन । मकवानपुरका मात्रै हैन, चितवनका किसानले पनि यही समस्या भोगिरहेका छन् । चितवनको राप्ती नगरपालिकाका कृषक रमेश शर्माले दुई हप्ताअघि मल खोज्दा सजिलै पाएनन् । स्थानीय सहकारीहरुले धेरै युरिया मल छैन भनेपछि उनले चाहिएजति मल हाल्न पाएनन् । किसानको चिन्ता लगाएका ...
महन्थ ठाकुर सात मन्त्रालय लिएर सरकारमा जाने निश्चित

महन्थ ठाकुर सात मन्त्रालय लिएर सरकारमा जाने निश्चित

कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
???????????????????????????????????? पार्टी फुटाएरै भएपनि जसपाको महन्थ ठाकुर खेमा सात मन्त्रालय लिएर सरकारमा जाने निश्चित भएको छ । बालुवाटार स्रोतका अनुसार आज साँझ या भोलिसम्ममा महन्थ खेमाका सात मन्त्रीले शपथ लिनेछन् । अस्ति नै सरकारमा जान तम्तयार भएर बसेको महन्थ खेमा मन्त्रालय,दल बिभाजन,नागरिकता प्रकरणमा अदालतको आदेशमा कुरा नमिलेपछि रोकिएको थियो । गृहसहित १० मन्त्रालयको दाबी गरेकोमा प्रधानमन्त्री ओलीले आनाकानी गरेपछि सो खेमा पछि हटेको चर्चा पनि थियो । गृहबाहेकको सात मन्त्रालयमा बालुवाटारले मनाएपछि महन्थ खेमालाई अन्ततः सरकारमा जान बाटो खुलेको बताइन्छ । गृहमन्त्री बनेर पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने राजेन्द्र महतोको इच्छा भने पूरा नहुने भएको छ । मधेशी दललाई सुरक्षासँग सम्बन्धित मन्त्रालय कुनैपनि हालतमा नदिन ओलीलाई पार्टीभित्रै दबाब बढेकाले गृहमन्त्रालय एमालेले नै राख्ने...
राष्ट्र,राष्ट्रियता र नेपाली एकता

राष्ट्र,राष्ट्रियता र नेपाली एकता

कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
हाम्रो राष्ट्रियता भारत, केन्यालगायतको जस्तो उपनिवेशविरोधी जगमा विकसित भएको होइन । शान्तिप्रिय देश नेपाललाई साम्राज्यवाद–उन्मुख उग्र राष्ट्रवादको अवलम्बन गर्नु छैन । राजनीतिले हामीलाई विभाजित गर्छ, धर्मले हामीबीच पर्खाल खडा गर्छ, संस्कृतिले हामीलाई टुक्राटुक्रामा विभाजित गर्छ, तर देशको प्रेमले सबैलाई एकसूत्रमा बाँध्न सक्छ । आफ्नो राष्ट्रप्रतिको प्रेम मानिसको दोस्रो धर्म हो जसको अभिव्यक्ति राष्ट्रियताको भावनामा हुने गर्छ । कुनै पनि धर्म वा वादका भन्दा राष्ट्रियताका अनुयायीहरू अधिक हुने गर्छन् किनकि यसमा अन्तर्निहित भावनात्मक, प्रेरणात्मक र संवेगात्मक ऊर्जाले व्यक्तिलाई स्वयम् आत्मविसर्जन गर्नसमेत प्रेरित गर्न सक्छ । त्यसैले भन्ने गरिन्छ। मानिसले राजनीति, परिवार, धर्म र दार्शनिक सिद्धान्त बदल्न सक्छ, राष्ट्रियता बदल्न सक्दैन । यो राष्ट्रियता संकुचित जातीय–सांस्कृतिक राष्ट्रियता हो...
बिपत व्यवस्थापनमा गैरजिम्मेवार राज्य

बिपत व्यवस्थापनमा गैरजिम्मेवार राज्य

कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
नेपाल एक प्राकृतिक रुपमा सुन्दर र राष्ट्रिय श्रोतले भरिपूर्ण देश भएता पनि बर्खायामको बेला पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानका कारण बर्सेनि सरदर दुई सय भन्दा बढीको मृत्यु संगै दुइ अर्ब भन्दा बढी रुपैयाको धनमाल क्षति भएको देखिन्छ । विश्वभरी फैलिएको कोभिड –१९ कोरोनाले गर्दा हाम्रो देश थिलाथिला भएको अवस्थामा फेरि अर्को बर्खे महामारी सुरुहुन थालिसकेको छ । सामान्यतया असार देखी भदौ सम्मका यी तीन महिना मनसुन अवधिका रुपमा लिने गर्दछन । यो अबधि भित्र बेलैमा ध्यान दिएन भने ठुलो ज्युधनको क्षति हुने देखिन्छ । यस्तो प्रकोप बाट उत्पन्न हुने बाढी , पहिरो , डुबान लगायत प्राकृतिक प्रकोप बिरुद्ध रोकथाम तथा नियन्त्रणका लागी संघ , प्रदेश र स्थानीय निकायले बर्षौ पिछे महान योजनाहरु सुन्दर अक्षरले कापिमा लेखेर कागजी योजना बनाएता पनि प्रभावकारी कार्यनयन भने हुन सकेको छैन । यसपटक बेलैमा बाढी ,...
स्वासथ्य चौकीको एम्बुलेन्स प्रदेश सांसदको कब्जामा

स्वासथ्य चौकीको एम्बुलेन्स प्रदेश सांसदको कब्जामा

कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
प्रदेश सांसदले स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्ष देखि व्यक्तिगत कार्यमा प्रयोग गरेको पाइएको छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद डा. रीना यादव पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीको एम्बुलेन्स एक वर्ष देखि व्यक्तिगत काममा प्रयोग गरेको पाइएको हो । भारतीय राजदुताबासबाट एक वर्ष अगाडी सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्थान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहेको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहिबुल अन्सारीले बताए । स्वास्थ्य चौकीको पत्र लिएर दुताबासबाट स्वास्थ्य चोकीकालागि प्रदेश सांसद यादवले बुझेको एम्बुलेस व्यक्तिगत काममा प्रयोग गर्दै आएको उनले बताए । जिल्ला प्रशासन कार्यालय महोतरीको नियमित बैठकबाट कोभिड महामारि नियन्त्रण ताथ रोकथामकलागि कोभिडका विरामिलाई अस्पताल ल्याउन एम्बुलेन्स छुट्याउने निर्णय गरेपछि प्रदेश सांसदले व्यक्तिगत कार्यम...
एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने

कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
काठमाडौं, १७ जेठ । यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो । मन्त्रिरिषद्बाट प्रस्ताव पारित गरेपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय हुनेछ । मन्त्रालयको आजको बैठकले गत वर्षकै आन्तरिक मुल्यांकन विधि अनुरुप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो अवधिको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्मका सबै विषयको मुल्यांकन बाट नतिजा तयार गरिएको थियो । गत वर्ष पनि मन्त्रिपरिषदको बैठकले एसईईको परीक्षा नगर्ने निर्णय गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद बैठकमा एसईई परीक्षाको विकल्पका रुपमा आन्तरिक मूल्यांकन प्रस्ताव गरेपछि मन...
अध्यादेशबाट ल्याइएको बजेटबाट लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

अध्यादेशबाट ल्याइएको बजेटबाट लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् । पौडेलले बाचन गरेको बजेटका यी हुन् लोकप्रिय १. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ २. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने ३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत ४. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन ५. तरकारी, दूध र माछा(मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने ६्. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने ७. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट ८. ३ वर्षभित्र रासायनिक मल कारखान...
पशुपतिनाथ लाई ३५ करोड बजेट

पशुपतिनाथ लाई ३५ करोड बजेट

इन्स्योरेन्स, कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ ।शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन्