Breaking news 2

निषेधाज्ञाले मल गोदाममा, अभावले कृषक पीरलोमा

निषेधाज्ञाले मल गोदाममा, अभावले कृषक पीरलोमा

Breaking news 2, कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
मकवानपुरको मवानपुरगढी–६का कृष्णप्रसाद ढुंगानाको खेतमा रोपिएको चैते धानमा मल हाल्न बितिसक्यो । तर, निषेधाज्ञाका कारण उनी हेटौंडा बजारमा मल लिन जान पाएका छैनन् ।  ‘यहाँबाट बस, अटो गाडी केही चलेको छैन, आफ्नो सवारी पनि छैन,’ उनी भन्छन्, ‘हिँडेर गएर मल ल्याउन सकिन्न, यसपालि चैते धानले मल नभेट्ने भयो ।’ मल हाल्न नपाएपछि धानको उत्पादन घट्ने मात्रै हैन, बोट समेत नसप्रिएर पराल पनि गतिलो नहुने उनको चिन्ता छ । स्थानीय सहकारीमा मल नभएपछि उनीहरुलाई हेटौंडा नगई सुख छैन । तर, हेटौंडा पुगेर मल ल्याउन सम्भव हुने अवस्था पनि छैन । मकवानपुरका मात्रै हैन, चितवनका किसानले पनि यही समस्या भोगिरहेका छन् । चितवनको राप्ती नगरपालिकाका कृषक रमेश शर्माले दुई हप्ताअघि मल खोज्दा सजिलै पाएनन् । स्थानीय सहकारीहरुले धेरै युरिया मल छैन भनेपछि उनले चाहिएजति मल हाल्न पाएनन् । किसानको चिन्ता लगाएका बालीक...