त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ८५० ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार प्रहरीले एक जना भारतीय महिलाको करिब ८ सय ५० ग्राम सुन बरामद गरेको छ ।

प्रहरीले शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सोही सुन बरामद गरेको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लास्टिकभित्र राखेर कालो टेपले बेरेर साथमा राखेको प्रहरीले बताएको छ ।

सोही घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *