आईपिएलमा कोलकता शीर्ष स्थानमा प्रवेश, आज मुम्बई र सनराइजर्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)अन्तर्गत आइतबार राति भएको खेलमा कोलकता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको छ।

सोही खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध ९८ रनको शानदार जित निकाल्दै कोलकता अंक तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको हो । टस हारेर शुरुमा ब्याटिङको निम्तो पाएको कोलकताले ६ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको छ ।

२ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ बलमा १ सय ३७ रनमा अलआउट भएको हो। योसँगै कोलकता १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लखनउ भने पाँचौं स्थानमा झरेको हो। लखनउको १२ अंक रहेको छ।

आईपिएल अन्तर्गत सोमबार राति मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको हो। सोही खेला सोमबार राति पौने ८ बजेखि शुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *