इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको छ ।

आइतबार राति भएको खेलमा ब्राइटनले एस्टन भिल्लालाई १–० गोलले पराजित गरेको हो । ब्राइटनका लागि जोआओ पेड्रोले एक गोल गरेका छन् । उनले खेलको ८७औं मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको हो।

सोही जितसँगै ३५ खेलबाट ४७ अंक जोडेको ब्राइटन ११ औं स्थानमा उक्लिएको छ । पराजित भएको एस्टन भिल्ला ३६ खेलबाट ६७ अंकसहित चौथो स्थानमा रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *