आईपिएलमा मुम्बईको सहज जित, आज राजस्थान र दिल्लीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सोमबार राति भएको खेलमा सनराइजर्स हैदरावादमाथि मुम्बई इन्डियन्सले सहज जित निकालेको छ।

टस हारेर शुरुमा ब्याटिङको निम्तो पाएको हैदरावादले दिएको १ सय ७४ रनको चुनौती मुम्बईले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो। मुम्बईको जितका लागि सूर्यकुमार यादवले नटआउट शतक प्रहार गरेका छन् । ५१ बल खेलेका उनले १२ चौका र ६ छक्काको मद्दतमा १ सय २ रन बनाएका हुन्।

उसका लागि तिलक बर्माले नटआउट ३७ रन बनाएका थिए । शुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको मुम्बईका लागि सूर्यकुमार र तिलकको साझेदारी जितका लागि पर्याप्त भएको हो। मुम्बईका ओपनर इशन किसन ९ रनमा आउट हुँदा रोहित शर्माले ५ बलको सामना गर्दै मात्र ४ रन जोडेका छन्।

आईपिएल अन्तर्गत मंगलबार राति राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने भएको हो । सोही खेल मंगलबार राति ८ बजेदेखि शुरु हुने भएको छ । दिल्ली अंक तालिकाको छैठौं स्थानमा रहेको हो । राजस्थान भने तालिकाको दोस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *