भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज तेस्रो चरणको मतदान हुँदै

एजेन्सी । भारतमा लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान आज (मंगलबार) हुँदैछ।

तेस्रो चरण अन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो। ९३ सिटका लागि १ हजार ३ सय ५१ उम्मेदवार मैदान उत्रिएका छन्।

मंगलबार असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुने भएको हो ।

त्यसैगरी जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेश गरेर ३ सिटका लागि मंगलबार नै मतदान हुने भएको छ ।संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ सिटका लागि भारतमा ७ चरणमा निर्वाचन भइरहेको हो। यसअघि गत अप्रिल १९ र २६ मा गरी १ सय ९० सिटका लागि मतदान भएको थियो।

यो लोकसभा निर्वाचन मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल देशको सत्ता सम्हाल्ने योजनामा रहनुभएको हो । कंग्रेस नेतृत्वको विपक्षी गठबन्धन र त्यसका नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई पुन:सत्तासीन हुनबाट रोक्न सकेसम्मको जोड लगाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *