युद्धविरामको प्रस्ताव हमासले स्वीकार गर्‍यो

एजेन्सी । हमासले ७ महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ ।

यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी नगरेको हो । नत इजरायलले प्रस्तावको विवरण नै सार्वजनिक गरेको छ । तर केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए । सोही अवधिमा हमासले बन्धकहरूलाई रिहा गर्ने भएको हो ।

इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश गरेको छ । हमासले एक विज्ञप्ति जारी गर्दै युद्धविरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो । बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपर फैलिएका शिविरहरूमा खुशी व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्दै राफाको बारेमा चिन्ता व्यक्त गर्नुभएको हो । अमेरिकासहित इजरायलका अन्य घनिष्ठ सहयोगीहरूले इजरायलले रफाहमाथि आक्रमण नगर्न बारम्बार आग्रह गरेका छन् । रफाहमा करिब १४ लाख प्यालेस्टाइनीले शरण लिएको जनाइएको छ ।

गत अक्टोबर ७ तारिखका दिन बिहान हमासले इजरायली सहरमा करिब ५ हजार रकेट प्रहार गरेको थियो । त्यसपछि दुवै पक्षबीच युद्ध जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *