सुनिल पौडेललाई ९ वर्ष कैद सजाय गर्ने अदालतको निर्णय

काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पौडेलल लगायतबाट २३ करोड २७ लाख बिगो र सोही बराबरको जरिवाना असुल्नुपर्ने निर्णय पनि सुनाएको हो ।

यहि वैशाख ७ वैशाख गते अदालतले राष्ट्रिय भुक्तानी प्रणालीको अनियमिततामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई दोषी ठहर गरेको थियो । सोही प्रकरणमा मुछिएका सचिव मधुकुमार मरासिनीसहित ६ जनालाई भने अदालते सफाइ दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *