आईपिएलमा दिल्ली क्यापिटल्स विजयी, आज सनराइजर्स र लखनउबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा दिएको १ सय २२ रनको चुनौती पूरा गर्न नसक्दा राजस्थान पराजित भएको हो । पूरै ओभर खेल्दै राजस्थान ८ विकेटको क्षतिमा २ सय १ रनमा समेटिएको छ ।

सोही जितसँगै दिल्ली अंक तालिकाको पाँचौं स्थानमा प्रवेश गरेको हो । १२ खेल खेलेको दिल्लीले ६ खेल गुमाउँदै १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको राजस्थान भने १६ अंकका साथ यथावत रहेको हो । राजस्थानले ११ मा ३ वटा मात्र खेल गुमाएको छ ।

आईपिएल अन्तर्गत बुधबार राति सनराइजर्स हैदरावाद र लखनउ सुपर जायन्टसबीच प्रतिस्पर्धा हुने भएको हो । सोही खेल बुधबार राति पौने ८ बजेदेखि शुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *