रफाह सीमा नाका इजरायलको कब्जामा, बन्धकलाई मुक्त गर्ने वार्ता असफल भएमा कडा आक्रमण गर्ने इजरायलको चेतावनी

एजेन्सी । इजरायलले इजिप्ट र गाजाबीचको रफाह सीमा नाका कब्जा गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा जमिन आक्रमण गर्ने चेतावनी दिएको केही घण्टापछि इजरायली ट्यांकहरू रफाह सीमामा पुगेका हुन् । इजरायलले रफाह सीमामा कब्जा गर्नु भन्दा केही समय अघि हमासले कतारको मध्यस्थतामा युद्धविराम सम्झौतालाई स्वीकार गरेको हो । हमास ३३ जना बन्धकहरुलाई रिहा गर्न पनि राजी भएको छ ।

युद्धविरामका सर्तहरूले हमासको बन्दीबाट रिहा भएका प्रत्येक बन्धकको लागि इजरायलले ६० प्यालेस्टाइनीहरूलाई रिहा गर्ने, जसमा महिला, बालबालिका र ५० वर्ष भन्दा माथिका वृद्धहरू समावेश हुने भएका हुन् । तर इजरायलले कतार, इजिप्ट र अमेरिकी अधिकारीहरूले गरेको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ । अर्कोतर्फ हमासको प्रतिद्वन्द्वी प्यालेस्टाइनी प्राधिकरणका प्रवक्ताले द्वन्द्व बढ्नबाट रोक्न अमेरिका र संयुक्त राष्ट्र संघलाई हस्तक्षेप गर्न आह्वान गरेका हुन् ।

इजरायली सेनाले सोमबार-मंगलबारकोबीचमा दक्षिणी गाजा र रफाहमा गरिएको कारबाहीमा २० आतंककारी मारिएको जनाएको छ । इजरायली सेनाले रफाहको अल अबरार मस्जिदमा पनि हमला गरेको हो । जहाँ धेरै हमास आतंकवादीहरूलाई लुकेको बारेमा ठोस जानकारी प्राप्त भएको थियो ।

इजरायलका प्रधानमन्त्री नेतान्याहुले हमासको पछिल्लो युद्धविराम प्रस्तावले इजरायलको आवश्यक मागलाई विचार नगरेको बताउनुभएको छ। उहाँले बन्धकहरूलाई फिर्ता गर्न गाजामा धेरै सैन्य दवाव रहेको समेत बताउनुभयो।

इजरायलका रक्षामन्त्री योभ गालान्टले बन्धकहरूलाई मुक्त गर्ने वार्ता असफल भएमा रफाहमा कडा सैन्य आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *