Tag: अरविन्द केजरीवाल

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दियो

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दियो

ट्रेन्डिङ, विदेश, समाचार
एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लाउन्ड्रिङ मुद्दामा केजरीवाललाई आगामी जुन १ तारिखसम्म अन्तरिम जमानत दिएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका हुन् । न्यायाधीश सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो । मुख्यमन्त्री केजरीवाललाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ तारिखमा प्रहरीले पक्राउ गरेको थियो । ...
दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

विदेश, समाचार
एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाउने भएको छ । बिहीबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताउनुभएको हो। गत मार्च २१ तारिखमा प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए । बिहीबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन् । ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको हो। केजरीवाललाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा मार्च २१ तारिखमा प्रहरीले पक्राउ गरेको थियो । मंगलबार दिल्ली अदालतले केजरीवालको...
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

राजनीति, विदेश, समाचार
एजेन्सी । मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप ४ दिन ईडी ९प्रवर्तन निदेशालय०को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ । मुख्यमन्त्री केजरीवाल आगामी अप्रिल १ तारिखसम्म हिरासतमा बस्ने भएका हुन् । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप ७ दिनको समय माग गरेका थियो । तर अदालतले ४ दिन मात्रै समय थप गरेको छ । ईडीले केजरीवाललाई सोधपुछ गरेपछि गत बिहीबार निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि उनलाई गत शुक्रबार अदालतमा उपस्थित गरिएको थियो । त्यस्तै, जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरिदिएको छ । अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानून नरहेको भन्दै त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नभएको जनाएको हो । ...