दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

एजेन्सी । मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप ४ दिन ईडी ९प्रवर्तन निदेशालय०को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ ।

मुख्यमन्त्री केजरीवाल आगामी अप्रिल १ तारिखसम्म हिरासतमा बस्ने भएका हुन् । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप ७ दिनको समय माग गरेका थियो ।

तर अदालतले ४ दिन मात्रै समय थप गरेको छ । ईडीले केजरीवाललाई सोधपुछ गरेपछि गत बिहीबार निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि उनलाई गत शुक्रबार अदालतमा उपस्थित गरिएको थियो ।

त्यस्तै, जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरिदिएको छ । अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानून नरहेको भन्दै त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नभएको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *