आईपीएलमा हैदरावाद विरूद्ध चेन्नई सुपरको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सले उत्कृष्ट जित हाशिल गरेको छ ।

आइतबार राति भएको खेलमा हैदरावादलाई चेन्नईले ७८ रनले पराजित गरेको हो । २ सय १३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८.५ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको छ ।

उसका लागि एडेन मार्करामले ३२, हेनरिक क्लासेन २० र अब्दुल समदले १९ रनको योगदान दिएका थिए । हैदरावादका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय हुन सकेन । चेन्नईका लागि तुषार देशपाण्डेले ४ विकेट लिएका छन् । मथिशा पाथिराना र मुस्ताफिजुर रहमानले समान २- २ विकेट लिएका हुन् ।

त्यसअघि एम ए चिदंबरम स्‍टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १२ रन बनाएको हो । कप्तान ऋतुराज गायकवाडको आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९८ रन बनाएका छन्।

५४ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरेका हुन्। डैरियल मिचेल ५२ र अजिंक्य रहाणे ९ रनमा आउट हुँदा शिवम दुबे ३९ र महेन्द्रसिंह धोनी ५ रनमा अविजित रहेका थिए।

हैदरावादका भुवनेश्वर कुमार, थंगारसु नटराजन र जयदेव उनादकटले समान १-१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *