इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको रोमाञ्चक जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति भएको खेलमा टोटनहमलाई ३–२ गोलले पराजित गर्दै जित निकालेको हो । आर्सनलका लागि बुकायो साका र काइ हाभर्ट्जले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । त्यस्तै, टोटनहमका क्रिस्टियन रोमेरो र सन ह्युन मिनले एक–एक गोल फर्काएका छन् ।

खेलको १५औं मिनेटमा टोटनहमका पियरे इमिल होन्बर्गले आत्मघाती गोल गरेपछि आर्सनलले शुरुवाती अग्रता लिएको हो। त्यस्तै, २७औं मिनेटमा साकाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । यसैगरी ३८औं मिनेटमा हाभर्ट्जले गोल गर्दै खेललाई ३–० को अवस्थामा पुर्याएका छन् ।

त्यसपछि टोटनहमका रोमेरोले ६४औं र ८७औं मिनेटमा ह्युन मिनले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । सोही जितसँगै ३५ खेलबाट ८० अंक जोडेको आर्सनल शीर्ष स्थानमा यथावत रहेको हो । पराजित भएको टोटनहम ३३ खेलबाट ६० अंकसहित पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *