गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्च अदालतद्वारा रिट खारेज

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले सोमबार नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो । योसँगै मुख्यमन्त्री अधिकारीको नियुक्तिमा प्रमुख प्रतिपक्षी कांग्रेसले उठाएको वैधानिकताको प्रश्न पनि टुंगिएको छ।

सर्वोच्चले रिट खारेज गरिदिएसँगै अब अधिकारी नेतृत्वको सरकारलाई मन्त्रिपरिषद विस्तार र विश्वासको मतसहितका काम पूरा गरेर अघि बढ्ने बाटो खुलेको हो । गण्डकीमा नेकपा एमाले संसदीय दलका नेता अधिकारीले सभामुख कृष्णप्रसाद धिताललाई पनि मतगणना गरेर मुख्यमन्त्रीको दावी पेश गर्नुभएको थियो ।

सभामुखको समेत संख्या राखेर अधिकारी मुख्यमन्त्री भएपछि कांग्रेसले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *