भक्तपुरमा १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना वृद्ध पक्राउ

काठमाडौं । भक्तपुरमा १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मीप्रसाद फाजुलाई किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । फाजुले ती बालिकालाई पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको हो ।

सोही घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *