काठमाडौं महानगरद्वारा महोत्तरीका अग्निपीडितलाई १० लाख रूपैयाँ सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगर विपद व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति र परिवारको राहत तथा पुनः स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभएको हो । सोही रकम सोमबार नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ ।

जरलहवा टोलमा यहि वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी शुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर जम्मा १ सय घर जलेर नष्ट भएका थिए । जसबाट ४ सय ५५ जना प्रभावित भएका थिए ।

सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *