म्याग्दीमा उच्च गतिको विद्युत प्रवाह हुँदा ६० वटा घरमा क्षति, ५ जना घाइते

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार राति उच्च गतिको विद्युत प्रवाह हुँदा ६० वटा घरमा क्षति पुगेको छ ।

उच्च गतिको विद्युत प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युतको मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल र ल्यापटप लगायतका उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभएको छ ।

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर १० लाख भन्दा बढीको क्षति भएको हो । वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको उहाँले बताउनुभयो । ५ कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । ५ जना करेन्ट लागेर सामान्य घाइते भएका हुन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत सर्ट हुनुको कारणको बारेमा अध्ययन भइरहेको जनाएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि प्राविधिक टोली पठाइने बताउनुभयो। घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *