इमान्दार भएर संगठन विस्तारमा लाग्न नेता-कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई इमान्दार भएर संगठन विस्तारमा लाग्न आह्वान गर्नुभएको छ ।

एमाले कपिलवस्तुको चन्द्रौटामा आयोजित १०औं जिल्ला अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि थप गतिशिल हुने बताउनुभयो । उहाँले पार्टीभित्र गुटबन्दी नगरी मिसन-२०८४ पूरा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

मिसन-८४ पूरा गर्नका लागि आजैका दिनदेखि नेता-कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्ने उहाँको तर्क थियो । उहाँले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको बताउदै जसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताउनुभएको हो।

अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । अध्यक्ष ओलीले बुधबार नै कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ श्ययाको अस्पताल उद्घाटन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *