वर्तमान सरकार निरन्तर रूपमा अगाडि बढ्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार निरन्तर रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा सुझाव दिन लागेको उहाँको भनाइ छ ।

रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रूपमा सबल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभएको हो । त्यस्तै, नारायणहिटीलाई इतिहासलाई झल्काउने गरी संग्रहालयको रूपमा थप विकसित गर्नुपर्ने र त्यहाँ रहेका सरकारलाई कार्यालयलाई हटाउनुपर्ने उहाँको भनाइ छ ।

पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै अघि बढ्नुपर्ने अध्यक्ष नेपालको तर्क थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *