एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद भएको छैन: प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताउनुभएको छ ।

कांग्रेस र एमाले २ वटा ठूला पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आम धारणा बन्न गएको दावी गर्दै उहाँले सोही सम्बन्धमा ठोस संवाद भने भइ नसकेको बताउनुभएको हो । बुधबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा प्रमुख सचेतक लेखकले कांग्रेसले तत्काल सत्ता समीकरण भत्काउन खोज्यो भन्ने कुरा पनि सत्य नभएको दावी गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत दिगो विकास, सुशासन, विकास र समृद्धि संविधानमा उल्लेख गरिएकाले त्यसका लागि पनि ठूला दलहरुबीच सहकार्य हुनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ । उहाँले त्यसलाई सरकारमा जाने विषयमा रुपमा चित्रण गर्न नहुने बताउनुभएको हो ।

संविधानमा देखिएको जटिलता र चुनौतीको सामना गर्न पनि ठूला दलहरुबीच संवादको आवश्यकता रहेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *