नेप्से आज झिनो अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) बुधबार झिनो अंकले घटेको छ ।

बुधबार नेप्से ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको हो । बुधबार २ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता शेयर ४१ हजार १ सय ३७ पटक किनबेच भएको छ ।

बुधबार ३ सय ५ वटा कम्पनीको शेयर कारोबार हुँदा १ सय २४ कम्पनीको शेयर मूल्य बढेको हो । १ सय ७ कम्पनीको शेयर मूल्य भने घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो।

बुधबार सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले बढेको हो । बुधबार १३ उपसमूह मध्ये ४ वटा समूह बढेको र ८ समूह घटेको छ । बढ्नेमा फाइन्यस, हाइड्रो, लघुवित्त र ट्रेडिङ बढेको हो।

बुधबार इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । डोटि हाइड्रोपावर ९.७९ अंकले बढेको हो । समता घरेलु लघुवित्तको शेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ । कुमारी सबल योजना (म्यूचअल फण्ड) भने १० प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको हो ।

बुधबार फस्ट माइक्रोपाइनस लघुवित्तको शेयर बढी कारोबार भएको छ । फस्टको १० करोड ६० लाख २८ हजार रुपैयाँको कारोबार भएको हो । बुधबार बढी कित्ता शेयर प्राइम कमर्सियल बैंकको शेयर कारोबार भएको छ ।

प्राइमको ४ लाख १० हजार ९१५ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *