युक्रेनका थप २ वटा सीमावर्ती गाउँ कब्जा गरेको रूसको दावी

एजेन्सी । रुसले युक्रेनका थप २ वटा सीमावर्ती गाउँ कब्जा गरेको बुधबार जनाएको छ ।

यसमा २ वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश भएको हो । मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हाशिल गरेको छ । कीभले पश्चिमी सहयोगको महत्वपूर्ण आपूर्तिको प्रतिक्षा गरिरहेको बेला रुसले युद्धमैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दवाव बढाएको हो ।

रुसी रक्षा मन्त्रालयले उसको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ । किस्लिभ्का संकटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा रहेको हो । नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा रहेको छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो ।

युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित भएको हो । युक्रेनका कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ ३ वटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको स्वीकार गरेका थिए ।

अलगरूपमा रुसी रक्षा मन्त्रालयले कीभले रातभर हवाई आक्रमण गरेपछि युक्रेनी ऊर्जा र सैन्य केन्द्रविरुद्ध जवाफी आक्रमण शुरु गरेको जनाएको छ । रुसी ऊर्जा सुविधाहरूमा क्षति पुर्याउन कीभ शासनको प्रयासको जवाफमा बुधबार बिहान रुसी संघको सशस्त्र सेनाले युक्रेनको सैन्य–औद्योगिक परिसरको ऊर्जा सुविधा र उद्यमहरूविरुद्ध सामूहिक आक्रमण शुरु गरेको मन्त्रालयले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *