३ खेल अगावै पीएसजीले फ्रेन्च लिग वानको उपाधि जित्यो

काठमाडौं । फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ ।

पीएसजीले ३ वटा खेल बाँकी हुँदै उपाधि जितेको हो । आइतबार राति सम्पन्न भएको खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोलले पराजित भएसँगै पीएसजीले उपाधि जितेको छ । ३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२ अंक बढी हो। मोनाकोको ५८ अंक रहेको छ।

गत शनिबार राति ली हाब्रेसँग ३–३ गोलको बराबरी खेलेपछि पीएसजीले लिग उपाधि जित्न अर्को खेल कुर्नुपर्ने अवस्थामा मोनाको पराजित भएसँगै उपाधि हात पारेको हो। पीएसजीले अब सेमिफाइनलमा बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

उपाधि चुमिसकेको पीएसजीका लागि सोही खेल औपचारिकता मात्र हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *