उपनिर्वाचनको नतिजाले राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको पुष्टि: गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र नेपाली कांग्रेस मात्रै भएको पुष्टि गरेको बताउनुभएको छ ।

इलाम-२ र बझाङ-१ मा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भएपछि उहाँले यस्तो बताउनुभएको हो ।उहाँले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् पोष्ट गर्दै नेपालको राजनीतिक मैदानका मूल खेलाडी २ वटा पार्टी मात्र रहेको बताउनुभएको छ ।

अरू छेउ कुना भर्न मात्र मैदानमा रहेका हुन भन्दा २ दिन अघि मात्र एक जना सगोत्री नेता आफूसँग कार्यक्रम स्थलमै आगो भएको उहाँको भनाइ थियो । आखिर इलाम र बझाङले त त्यहीं कुरा बताएको र तथ्य मनोगत आग्रहको बन्दी नहुने उहाँको तर्क छ ।

बझाङ-१ को प्रदेशसभा सदस्यमा एमालेका दमन भण्डारी विजयी भइसक्नुभएको छ । इलाम-२ को प्रतिनिधि सभा सदस्यमा एमालेकै उम्मेदवार सुवाङ नेम्वाङ जिततर्फ उन्मुख हुनुभएको हो । दुवै ठाउँमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी बनेको छ।

उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *