चालू आर्थिक वर्षका सबै योजना आगामी जेठ मसान्तभित्र सम्पन्न गर्नेछु: मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी आफू अगाडि बढिरहेको बताउनुभएको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा उहाँले विगतमा जस्तो अब असारमा योजना कार्यान्वयन गर्ने पक्षमा आफू नरहेको बताउनुभएको हो । जेठ मसान्तभित्र सबै कामहरू गरिसक्ने गरी आफू अगाडि बढिरहेको उहाँले बताउनुभयो । चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहु वर्षे योजनामा खर्च गर्न आफू तयार रहेको समेत उहाँले बताउनुभएको छ ।

मुख्यमन्त्री कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र संघीय सरकारलाई बजेट विनियोजनका लागि पठाएका योजनामा समेत आफूले त्यहीं मान्यतालाई अनुशरण गरेको बताउनुभयो । त्यस्तै, अघिल्लो सरकारले गरेका राम्रा कामहरूलाई प्राथमिकता राखेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभएको छ ।

प्रदेशसभाका हिउँदे अधिवेशन सोमबारदेखि अन्त्यका लागि सिफारिस गरेको पनि मुख्यमन्त्री कँडेलले सदनलाई जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *