रामेछापको सामुदायिक वनमा आगो लगाउने हिंड्ने एक युवक पक्राउ

काठमाडौं । रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिंड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुवास महत रहेका हुन् । आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै गर्दा जंगलबाटै उनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिंडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *