भारतको बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

एजेन्सी । भारतको छत्तीसगढस्थित बेमेटारामा आइतबार राति सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

सोही घटनामा २३ जना घाइते भएका हुन् । पार्किङ गरेर राखिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका हुन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको छ ।

भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको हो । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको जनाइएको छ । प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । सोही दुर्घटनाको बारेमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *