इलाम-२ बाट नवनिर्वाचित एमालेका सांसद सुहाङ नेम्वाङले लिए शपथ

काठमाडौं । इलाम-२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ ।

बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ ग्रहण लिनुभएको हो। यहि वैशाख १५ गते सम्पन्न भएको उपनिर्वाचनबाट एमालेका उम्मेदवार नेम्वाङ शानदार रुपमा प्रतिनिधि सभाको सदस्य पदमा निर्वाचित हुनुभएको थियो । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

नेम्वाङका बुबा एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *